काठमाडौँ, ३ जेठ । कोरोना संक्रमित बिरामीका लागि काठमाडौँका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा…