काठमाडौँ, १८ वैशाख । वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स…