मन्त्री रायमाझीलाई कोरोना संक्रमण

काठमाडौँ, १४ वैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनी हालै गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएका थिए ।