प्रधानमन्त्रीको फेक डकुमेन्टप्रति प्रेस काउन्सिलले लियो एक्सन

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्टीकरण माग गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मुलुकका कार्यकारी प्रमुखलाई जोडेर मुलुक र राष्ट्रियताविरुद्धको कार्य क्षम्य नहुने बताएका छन…