कांग्रेस नेता विश्वप्रकाश शर्माद्वारा प्रवक्ताको जिम्मेवारीबाट विदा

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको प्रवक्ताबाट विदा लिनुभएको छ । केही दिन अघि कोरोना संक्रमण हुनुभएका नेता शर्माले दुई साताको लागि जिम्मेवारीबाट विदा लिनुभएको हो । कोरोनाबाट मुक्त हुनसाथ पुनः पद संहाल्ने उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु…