८ लाख ४३ हजार नयाँ मतदाता थपिए

काठमाडौँ, ५ चैत । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् । नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ…