काठमाडौँ, १३ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन लोतन्त्रको प्राण भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ…