जेठ १ गते नै सत्ता सुम्पन देउवाको दबाबःदायाँ–बायाँ जान्दिनँ, अरू कुरा मान्दै मान्दिनँ

काठमाण्डौ,११ फागुन ।‘नीति तथा कार्यक्रम र बजेट मैले नै ल्याउने हो, कुरा क्लियर छ । यसमा उताउति, दायाँ–बायाँ जान्दिनँ ।’ आइतबार बिहानको दुई दलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीधा कुरा राखे । ‘निर्वाचन आयोगले समय माग्ला, एक÷दुई दिन यताउति होला । मधेसी नमान्लान् । जबर्जस्ती गर्ने ? एक चरणमा नभ्याइए दुई चरणमा गर्नुपर्ने होला…