काठमाडौँ, ४ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् । राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ…