राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ, २६ पौष । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए । राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन् । संवैधानिक परिषदको काम कर्तव्य र अधिकार…