काठमाडौँ, २८ कार्तिक । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयसँगै शुक्रराज अस्पतालले सूचना जारी गरी लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो ।