भक्तपुर, २५ पौष । विश्व सम्पदा सूचीमा रहेको प्राचिन एवं सम्पदा नगरी भक्तपुर दरबारस्क्वायरमा शुक्रबार अलिक फरक दृश्य देखिन्थ्यो । दरबारस्क्वायरको लामपाटी फल्चामा बसेर कोही कलाकार सुनको ढोकासहितको पचपन्न झ्याले दरबार कागजमा उतार्दै थिए । कोही अलिक पर अन्य सम्पदाका दृश्यहरु कागजमा उतारेर रंग भर्दै थिए भने कोही साहित्यकार सम्पदाको छेडोमा टुसुक्क बसेर भक्तपुरलाई शब्दमा…