काठमाडौँ, ९ कार्तिक । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता…