काठमाडौँ, २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठक अघि नै पार्टीभित्र देखिएका विवाद अन्त्य गर्ने गरी छलफल अघि बढाएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निबास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिका बिषयमा नेताहरुले धारणा राख्ने क्रम जारी…