एमाले सचिवालय बैठक बस्दै: उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने

काठमाडौँ, ३ माघ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन बैठक बोलाएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते…