काठमाडौँ, २८ असार । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपैयाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ । सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाइपछि आयोजना…