राजनीति

आजको मौसम



काठमाडौँ, १८ भदौ । आज मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ठाउमा सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।

बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।