सुनसरी, १५ वैशाख । भारतको जम्मू कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले…