कार्तिक ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तीन सातापछि भोलि बस्ने भएको छ । स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको समीक्षा तथा पार्टी एकीकरणको विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी, सरकारले जनभावना र मर्म अनुसार काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालयले जनाएको छ…