भदौ २०, काठमाडौँ । जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बङ्गलादेशको ऊर्जा सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बङ्गलादेश प्रस्थान गरेका छन् । मन्त्री पुनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्दै नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्ने भएका छन । पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।