भूकम्पपीडितलाई अनुदानको काठ वितरण शुरु, पिडितलाई राहत : सांसद वस्नेत

भदौ ७, भक्तपुर । वि.सं २०७२ महाभुकम्पमा परी घर भत्किएर पुनःनिर्माणका क्रममा रहेका पिडितलाई सरकारले भक्तपुरबाट अनुदानको काठ उपलब्ध गराउन शुरु गरेसँगै पिडितलाई राहत भएको पूर्व उद्योगमन्त्रि  तथा प्रतिनिधि सभाका सांसद महेश वस्नेतले वताएका छन् । डिभिजन वन कार्यालय भक्तपुरले बुधवार काठ वितरणस्थल भक्तपुर सूर्यविनायक नगरपालिका– ७ जगातेस्थित चाइनिज इँटा तथा टायल कारखानामा सञ्चालन गरेको…