काठमाडौँ, ७ साउन । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति…