काठमाडौँ, ६ जेठ । कतारको जेलमा रहेका ८ जना नेपालीहरुले क्षमादान पाएका छन् । कतारस्थिति नेपाली दूतावासका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका ८ जना नेपालीहरूलाई क्षमादान दिएको छ । क्षमादान प्राप्त गर्नेहरुमा ४ जना कुटपिट, २ जना चोरी…