कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अचानक दुइटा अध्यादेश जारी गरेपछि त्यसको बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दै छ । आजै बस्न लागेको सो बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे…