काठमाडौँ उपत्यकामा कोरोना संक्रमित अन्य जिल्लाबाट हजारौं भित्रिए

काठमाडौँ, ५ जेठ । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ । सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौँ उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ…