संविधानको मर्मअनुरुप दबाबमा नपरि क्षेत्र निर्धारण गर्न एमालेको आग्रह

काठमाडौँ, २३ साउन । नेकपा एमाले ले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धूम्रबाराहीमा हिजो बसेको स्थायी समितिको बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण…