विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौँ, ४ फागुन । विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार…