काठमाडौँ, २ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको म्याद १० दिन थप गरेको छ । पहिलेको १० दिनले प्रतिवेदन तयार पार्न नभ्याइएकाले १० दिन म्याद थप गरिएको अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो । कार्यदलमा खनालको नेतृत्वमा प्रदिप ज्ञवाली तथा भिम रावल रहनुभएको छ…