तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध

काठमाडौँ, १३ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र आयुक्तहरुलाई भेटेर पहिलो…