राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौँ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त…