काठमाडौँ, २७ फागुन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ । उनी अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको…