काठमाडौ ५ वैशाख । पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली जानु भएको हो । राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभएको थियो ।राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको थियो । राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेट गर्नुभएको थियो…