भक्तपुर, १४ पौष । मुलुकको शान्ति सुरक्षाको महान् जिम्मेवारी काँधमा लिएको नेपाल प्रहरीले शान्ति सुरक्षाको साथमा समृद्ध नेपाल सुखी नेपालीको अभियानमा विकासको सारथी समेत बनेको छ । विभिन्न क्षेत्रमा हुने अपराधिक गतिविधि, हिंसा, चोरी डकैतीलगायतका कार्यहरुको जिम्मेवारीलाई आत्मसात् गर्दै प्रहरीले दैनिक रुपमा जनताको पक्षमा तथा जनप्रतिनिधिसँग सँगै विकास निर्माणको कार्यमा समेत समभागिता जनाउने गरेको छ…