विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौँ, ७ माघ । प्रहरीले विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी कुमारविक्रम थापाका अनुसार नयाँ थिमिमा स्थानीय व्यापारीलाई धम्क्याएर चन्दा असुली गरेर हिँडिरहेको सूचनाको आधारमा सिन्धुपाल्चोक मेलम्ची–९ का ४४ वर्षीय भुवनसिंह तामाङलाई पक्राउ गरिएको हो । थापाका अनुसार तामाङ सिन्धुपाल्चोकका जिल्ला सेक्रेटरी हुन् । उनीमाथि अभद्र व्यवहार…