काठमाडौँ, २३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौँको चाबहिलमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ काठमाडौँ जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल…