पाँचथर, ८ पौष । सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुगेको छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माण गर्न उपकरण र कामदार दिनरात…