झापा७ फागुन । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताए। नेपाल निजामती कर्मचारी युनियन सङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको चन्दुगढीमा उद्घाटन गर्दै उनले भने “अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ” । नेता सिटौलाले “संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक छ” भन्दै मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र…