जनप्रतिनिधि नै ठेकेदारः मनपरी दोहनले बस्ती जोखिममा

काठमाडौँ, ६ कार्तिक । ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन् । उनी बालुवा, ढुंगा र गिटी उत्खनन् र बिक्रीमा व्यस्त हुन्छन् । ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन् । उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन् ।…