काठमाडौँ, २८ चैत । नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक पदमा कार्यरत रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । रावलले प्रशोधन कम्पनी…