भक्तपुर, २ मंसिर । नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्ने बताउनुभएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) का नेकपा उम्मेदवार डीपी ढकाललाई भोट माग्न जनताको घरदैलोमा पुग्नुभएका नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै…