सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या चाँडै निराकरण हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् । बिहीबार विमानस्थलको अनुगमन गर्दै मन्त्री भट्टराईले मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी तथा पर्यटक सुविधाविहीन भएकाले विमानस्थलको स्तरोन्नतिमा ढिला नहुने बताए । उक्त विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्न सक्ने…