सरकारले माग्यो भ्रमण वर्षमा निजी क्षेत्रका कार्यक्रम

काठमाडौँ, २९ साउन । सरकारले निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ । नेपाल भ्रमण वर्षको उद्देश्यसँग मेल खाने पर्यटन प्रवर्द्धनका कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गरिने सचिवालयको भनाइ छ । सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एवम पर्वजस्ता गतिविधि सञ्चालनमा सचिवायले निजी क्षेत्रसँग सहकार्य गर्ने…