काठमाडौँ, २७ साउन । काठमाडौँ महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष, मेयर, उपमेयर, सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ उपस्थित गराउने भएको छ । यसका लागि निम्तो पठाइसकिएको बताउँदै कामनपाका प्रवक्ता ईश्वरमान डंगोलले कला–संस्कृतिको धनी र जात्रा पर्वको शहरको बारेमा जानकारी गराउन इन्द्रजात्रामा बोलाइएको…