मन्त्री बस्नेतद्वारा पशुपतिको कैलाश क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, २४ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षरोपण गरेका छन । शुक्रबार भूसंरक्षण दिवसका अवसरमा मन्त्री बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै वातावरणीय दुष्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले…