राजधानीबाट विप्लव समूहका तीन नेता पक्राउ

काठमाडौँ, २१ साउन । नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।