मन्त्री भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका खत्रीलाई उपप्रबन्धकबाट हटाइयो

काठमाडौँ, १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ । मन्त्री भट्टराईले आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिनुभएको थियो । उक्त निर्देशन लगत्तै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।…