उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित

काठमाडौँ, २० साउन । उच्च आर्थिक एवं व्यापारिक महत्वको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्र्याक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन । उत्तर–दक्षिण व्यापारिक राजमार्ग आयोजनाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र विस्फोटक पदार्थ (जिलेटिन)को आपूर्ति तथा बङ्कर निर्माणमा ढिलाइ हुँदा…