भक्तपुर, २० असार । आर्थिक वर्षको अन्त्यसँगै भक्तपुरमा विकासको गतिले तिव्रता पाएकोमात्र छैन कि आयोजनाको तिव्र अनुगमन समेत भइरहेको छ । विकासको नाममा देखावटी मात्र गर्न नदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पछिल्लो समय अनुगमनलाई व्यापक बनाउनुभएको छ । अनुगमनमा उहाँले सम्बन्धीत निकायका प्रतिनिधि तथा प्राविधिक टोलीलाई समेत…