काठमाडौँ, १९ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ । संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रीय महाधिवेशनअघि अधिवेशन गरिने छ । प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टीको विधानमा…