काठमाडौँ, १५ जेठ । सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको चौडार्ई ६ लेनको बनाउने भएको छ । संघिय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ सालको बजेट प्रस्तुत गर्दै सूर्यविनायक धुलिखेल सडकको स्तरउन्नती तथा कोटेश्वरमा अण्डरपासको निर्माण कार्य गरिने बताउनुभएको छ । कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १…